कृषि क्षेत्रको आधुनिकीकरण तथा व्यवसायिकरण मार्फत खाद्य तथा पोषण सुरक्षा एवं गरिबी निवारण गरी प्रदेशको समग्र आर्थिक सामाजिक विकासमा टेवा पुयाउन यस क्षेत्रमा संलग्न कृषक, कृषि उद्यमी, कृषि व्यवसायी, कृषि प्राविधिक तथा कृषि मूल्य श्रृंखलामा आवद्ध अन्य सरोकारवालाहरुको निरन्तर रुपमा सीप तथा क्षमता अभिवृद्धि गर्नु अपरिहार्य हुन्छ। आधुनिक कृषिको विकास र विस्तारमा प्रविधि हस्तान्तरणको प्रमुख माध्यमको रुपमा तालिम कार्यक्रमलाई लिइन्छ। बागमती प्रदेश अन्तर्गत प्रदेशस्तरमा कृषि सम्बन्धी तालिम कार्यक्रमहरु सञ्चालन गर्न प्रमुख जिम्मेवारी तोकिएको कृषि तालिम केन्द्रबाट सञ्चालन हुने सालबसाली तालिम कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न प्रदेश सुशासन ऐन, २०७७ को दफा ४६ ले दिएको अधिकार प्रयोग गरी प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि तालिम कार्यक्रम संचालन कार्यविधि २०८१ कार्यविधि स्विकृत गरेको छ । सोहि कार्यविधि अनुसार कृषि तालिम कार्यक्रमहरूलाई व्यवस्थापन गर्नको लागि "तालिम व्यवस्थापन प्रणाली" सफ्टवेयर निर्माण गरिएको छ ।



